मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ८झ्यारी गाउँ बिहिवार दिउँसो अविरल वर्षा संगै परेको चट्याङमा १४ वटा बाख्राको मृत्यु भएको छ ।
बाख्रा चराउन गाउँ नजिकैको बन लिएका बेला अविरल बर्षा संगैको चट्याङमा छायांनाथ रारा नगरपालिका झ्यारी गाउँ देवचन्द्र रावलका १४ वटा बाख्रा मरेका हुन चट्याङमा परि चारवटा बाख्रा घाइते छन ।



लगातारको भारी वर्षाले झ्यारी गाउँका घरमा पनि क्षति पुर्याएको छ भने लगातारको बर्षा पछि झ्यारी खोलाको बाढिले बगाउँदा १ भैसिको पाँडाेको मृत्यु भएको स्थानीयले बताएका छ्न ।



