नेपालको एक प्रमुख धार्मिक तीर्थस्थल मुत्तीनाथमा ऐतिहासिक १ करोड ११ लाख दीप प्रज्वलन कार्यक्रम अत्यन्तै भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख उद्देश्य घर–घरमा फैलिएको पितृदोषको अन्त्य गर्दै सम्पूर्ण समाजमा शान्ति, समृद्धि र सद्भाव फैलाउनु रहेको आयोजक हरि महतको दावी रहेको छ।

पितृदोष मुक्ति नै मूल उद्देश्य
दीप प्रज्वलन अभियानका अगुवा र समाजसेवी हरि महतका अनुसार — “आजको समाजमा धेरैजसो मानिसहरू अव्यवस्थित जीवन, मानसिक तनाव, आर्थिक संकट तथा पारिवारिक कलहमा फसेका छन्। यसको मूल कारण घर–घरमा पितृहरुको रिस अर्थात् पितृदोष रहेको विश्वास छ। यसलाई शान्त तुल्याउने र सर्वसाधारणलाई राहत दिने उद्देश्यले यो दीप यज्ञ गरिएको हो।” उहाँले थप जानकारी दिदै दीप प्रज्वलनको माध्यमबाट पितृहरुलाई सन्तुष्ट पार्न सकिने तथा त्यसबाट नयाँ ऊर्जा, आशा र समृद्धिको मार्ग खुल्ने धार्मिक विश्वास रहेको बताउनु भयो ।

कार्यक्रमको विशेषता
१ करोड ११ लाख ११ हजार दीपहरू देशभरबाट संकलन गरिएको थियो भने घिउ र तेलमा प्रज्वलन गरिएको थियो। कार्यक्रमका प्रमुख अथिति प्रमुख जिल्ला अधिकार विष्णुप्रसाद भुसालको उपस्थितीमा भएको थियो । कार्यक्रममा देशभरिका तीर्थयात्री, साधु–सन्त, भिक्षु, विदेशी पर्यटकहरू लगायत स‌चारकर्मीहरुको उपस्जाथीती रहेको थियो । मुक्तिनाथमा आयोजना भएको यो दिप प्रज्वलन ईतीहासमै पहिलो पटक यती ठूलोमात्रामा दिप प्रज्वलन भएको दावी गरिएको छ । कार्यक्रमको आवर न्यूज क्रिउ कमले इतीहासमै पहिलोपटक मुक्तिनाथबाट लामोसमय प्रत्यक्ष प्रसारण गरेको थियो । यती उचाईबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिरहदा विभिन्न चुनौतीको सामाना समेत गर्नुपरेको थियो ।

धार्मिक सहिष्णुता र पर्यटन प्रवर्द्धन
मुत्तीनाथ हिन्दु र बौद्ध दुवै धर्मावलम्बीको साझा तीर्थस्थल हो। यो दीप यज्ञले धार्मिक एकता र सहिष्णुताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। साथै यसले हिमाली पर्यटनको प्रवर्द्धनमा पनि टेवा पुर्‍याउने विश्वास लिइएको छ।

प्रमुख अतिथिहरूको मन्तव्य
कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट धर्मगुरुहरूले पितृदोष निवारणको महत्त्वलाई विशेष जोड दिँदै भने — “दीप–प्रकाशको माध्यमबाट आत्मा उज्यालो हुन्छ। आजको दिन सबैका पितृ आत्माहरु शान्ति प्राप्त गरून्, समाज शुद्ध होस्, यही कामना गरौं।” मुत्तीनाथको १ करोड ११ लाख दीप प्रज्वलन अभियान केवल बाह्य रुपमा भव्य धार्मिक अनुष्ठान मात्र होइन, समाजमा गहिरो रूपमा बसिरहेका मानसिक, आत्मिक र पारिवारिक समस्याको समाधान खोज्ने प्रयास पनि हो। पितृदोष निवारणमार्फत शान्ति, सद्भाव र समृद्धिको सन्देश बोकेको यो अभियानले भावी पुस्ताका लागि एक नयाँ उदाहरण स्थापित गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय