काठमाडौं । कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले फिफा विश्वकपमा सानदार सुरुवात गरेको छ ।



समूह ‘जे’ अन्तर्गत अमेरिकाको कन्सास रंगशाला बुधबार बिहान भएको खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलले हरायो । अर्जेन्टिनाको जितमा मेस्सीले ह्याट्रिक पूरा गरे । जारी विश्वकपमा मेस्सीको यो कीर्तिमानी पहिलो ह्याट्रिक हो । १७औँ मिनेटमा डिबस्स बाहिरबाट अल्जेरियाका दुई रक्षकलाई विट गर्दै मेस्सीको प्रहारले विपक्षी गोलरक्षकको हातमा लाग्दै जाली चुमेको थियो । त्यसपछि मेस्सीले ६०औँ मिनेटमा र ७६औँ मिनेटमा डिबक्स बाहिरबाट हानेको प्रहार अल्जेरिकाका पाँच जना रक्षकलाई छल्दै गोल भएको थियो ।
ह्याट्रिक गरेसँगै मेस्सीले मैदान छाडेका थिए । यस खेलमा मेस्सीले सर्वाधिक छैटौँ पटक विश्वकप खेल्ने कीर्तिमान पनि बनाएका छन् ।
यता खेलभर रक्षात्मक रणनिति अपनाएको अल्जेरियाले गोलका लागि दुई वटा अवसर बनाएपनि सदुपयोग गर्न सकेन । पहिलो जितसँगै अर्जेन्टिनाले समूह ‘जे’ मा तीन अंक बनाएको छ भने अल्जेरियाले हारबाट विश्वकप यात्रा सुरु गरेको छ



