काठमाडौं । नेपाल राष्ट्र बैंकले यसवर्षको दसैंमा पनि नयाँ नोट सटही नगर्ने भएको छ । दसैंका लागि राष्ट्र बैंकले सुकिला नोट साट्न सकिने जनाएको छ । राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट साट्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।
राष्ट्र बैंकको थापाथली कार्यालय, प्रदेशस्थित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी र इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।






