काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १२ स्थित एक खाजा होटलबाट अनैतिक गतिविधिमा संलग्न पाँच जनालाई प्रहरी प्रभाग बलम्बुले पक्राउ गरेको छ । चन्द्रागिरिको गुर्जुधारास्थित होटल खुशीबाट दुई जोडी युवा युवतीलाई अवैध यौनजन्य क्रियाकलाप गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ ।

केही दिनदेखि उक्त होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाको आधारमा आज प्रहरीले होटलमा छापा मारेको प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक सन्तोष न्यौपानेले जानकारी दिनुभयो । पक्राउ पर्नेमा २२ वर्षीया, २४ वर्षीया युवती रहेका छन् । यस्तै होटल सञ्चालक अन्दाजी ५५ वर्षीया महिलालाई पनि पक्राउ गरिएको न्यौपानेले बताउनुभयो ।

हेर्दा सामान्य देखिने होटलको भित्री भागमा रहेको गोप्य कोठामा अनैतिक गतिविधि हुने गरेको पनि प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकामध्ये तीन महिलालाई प्रहरी वृत्त कालिमाटी चलान गरिएको छ भने दुई पुरुषलाई प्रहरी प्रभाग बलम्बुमा राखिएको छ । उक्त होटलविरुद्ध चन्द्रागिरि नगरपालिकामा समेत उजुरी परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय