काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना भएको छ । बा ५ख ५७८ नम्बरको आयसर मिनी ट्रक सोमबार साँझ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । । तीनै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।



दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको जिल्ला प््हरी कार्यालयले जानकारी दिएको छ । घाइते मध्य एक जनाको अस्पतालमा उपचार भइरहेको छ । नेशिङ्बाट आलु बोकेर ग्रे गाउँतर्फ गइरहेका ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको हो ।



