काठमाडौं । सरकारसँग भएको सहमतिप्रति असन्तुष्टि जनाउदै राहत शिक्षकले राजधानी केन्द्रीत प्रदर्शनलाई निरन्तरता दिएका छन् । आन्दोलनरत शिक्षकहरुले शुक्रबार नै बाँकी कार्यक्रम फिर्ता लिएपनि बालविकास केन्द्रमा अध्ययन गराउने शिक्षकले भने आजपनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । सरकार र शिक्षक महासंघबीच भएको सात बुँदे सहमतिमा राहत शिक्षकमा माग सम्बोधन नभएको उनीहरुको गुनासो छ ।
सरकारसँगको वार्तामा राहत शिक्षकका मागमा नेपाल शिक्षक महासंघ नबोलेको भन्दै उनीहरुले महासंघविरुद्ध नै नाराबाजी गरेका छन ।






