सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणका मुख्य आरोपी रुपेश मन्डल पक्राउ परेका छन् ।घटनाका मुख्य आरोपी मण्डल सिरहाबाटै आज विहान पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता तथा डिएसपी बिरेन्द्र पासवानको कमान्डमा खटिएको प्रहरी टोलिले मन्डललाइ पक्राउ गरेका छ्न । केहिबेरमा जिल्ला प्रहरीले सिरहा अदालतबाट म्याद थपगरी सर्वजानिक गरिने जिल्ला प्रहरी कार्यलय सिरहाका एसपि रमेश पंडितले जानरी दिए ।
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी उनी ६ घण्टासम्म बेपत्ता भएकी थिइन् । बिहानीपख ३ बजेमात्रै उनी घरमा रोइरहेको अवस्थामा फेला परेकी थिइन् । अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी थिइन् ।



आफूमाथि बलात्कार भएको बताएकी दलित समुदायकी रिंकु टिनले छाएको आफ्नै ‘भुईं घर’ मा झुन्डिएको अवस्थामा ३० माघको राति ७ः२० मा मृत भेटिएकी थिइन् ।
घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको थियो ।



