काठमाडौं । रौतहटको चन्द्रपुरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका– १ पौराइमा बिहीबार साँझ ना ६ ख १५०० नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ५५ वर्षीया होममाया मगरको मृत्यु भएको हो ।

सडकमा हिँडिरहँदा उनलाई ट्रकले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ । मृतकका आफन्तले भने ट्रक चालकले ब्याक गरी नियोजित ढंगले हत्या गरेको भन्दै ट्रकमा आगो लगाएका छन् । आगलागीबाट ट्रकमा सामान्य क्षति पुगेको छ । दोषीमाथि कारबाहीको माग गर्दै बिहीबार साँझ स्थानीयले घटनास्थलमा प्रदर्शन गरेका थिए । ट्रकमा लागेको आगो निभाउन गएको चन्द्रपुर नगरपालिकाको दमकलमा पनि स्थानीयले ढुंगामुढा गरेका थिए ।

दोषीलाई पक्राउ गरी पीडितलाई क्षतिपूर्तिको लागि पहल गर्ने सहमतिपछि स्थिति सामान्य बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय