केही दिनदेखिको लगातारको वर्षापछि आएको बाढी पहिरोले सिन्धुली जिल्लाका विभिन्न स्थानहरुमा सडक तथा भवनहरुमा क्षति पुर्याएको छ ।सिन्धुलीको वीपी मध्यपहाडी र ग्रामिण सडकहरुमा पहिरोले यातायात अवरूद्ध पुर्याएको छ भने विभिन्न स्थानमा रहेका विधालय भवनहरु नीजी घरहरुमा समेत पहिरोले क्षति पुर्याएको प्रहरीले जनाएको छ ।वीपी राजमार्ग अन्तर्गत सिन्धुली बर्दिबास सडक खण्डका विभिन्न स्थानमा खहरेले अवरोध गर्नका साथै ठाउ ठाउमा पहिरो गएको छ ।

त्यस्तै मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुली जिल्लाको खुर्कोटदेखि उदयपुर जिल्लाको घुर्मी सम्म विभिन्न स्थानमा खोला खोलसीहरुमा बाढी गएपछि लोकमार्ग अवरुद्ध भएको हो ।सिन्धुली जिल्लामा ठूलो वर्षा भै बाढीको जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रहजल तथा मौसम विभागले पूर्व सुचना समेत गरेको छ ।सिन्धुली जिल्लामा सबै भुभागमा लगातार ठूलो वर्षा भैरहेकोे छ ।

ठूलो पानी परेकाले कमला, मरिण,तावा चदाहा जस्ता नदी तटीय क्षेत्रमा जोखिम बण्ढेर गएको छ । सिन्धुलीको सुनकोशी नदी तटीय क्षेत्रहरूमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।कमला नदी, र रानीबास सिन्धुली जलमापन केन्द्रले जलसहत बढ्दो क्रममा रहेको देखाएको छ । स–साना नदीमा जलसतह बढ्न सक्ने, केही ठाउमा आकस्मिक बाढीको जोखिमका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय