काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली चलाएर १० जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरू लुटपाटमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।रातिको समयमा सर्वसाधारणलाई पछ्याएर गहना, नगद तथा अन्य बहुमूल्य सामग्री लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति मुलपानी क्षेत्रमा परिचालित भएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले लुटपाटमा संलग्न रहेको आशंकामा १० जनालाई नियन्त्रणमा लिएको हो। पक्राउको क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको उनले जानकारी दिए। घटनामा कोही व्यक्ति पीडित भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ। साथै, घटनासँग सम्बन्धित थप विवरण र अनुसन्धानको प्रगति पछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय