काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा लेदोसहितको बाढीमा परेर एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार बाढीले बगाउँदा स्थानीय ५६ वर्षीया आनन्दी बिकको मृत्यु भएको हो । निरन्तरको वर्षासँगै धुलाखोलामा आएको हिलोमाटोसहितको बाढी बिहान करिब ३ बजे गाउँमा पसेको प्रहरीले जनाएको छ ।
करिब ८ वटा घरमा बाढी पस्नगई क्षति गरेको भन्ने खबर पाएलगत्तै प्रहरी चौकी माझगाउबाट गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घरमा पुरिएको अवस्थामा आनन्दी विकलाई फेला पारेर उद्धार गरेको थियो । उनलाई उपचारको लागि स्वास्थ्य चौकी काईगाउँतर्फ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उक्त बाढीमा परी अन्य ६ जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँचजनालाई उपचार पछि डिस्चार्ज गरिएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । उहाँलाई थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान रिफर गरिएको छ ।

बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा थप उद्धार र राहतको कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय