काठमाडौं । पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदीलगायत छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका अनुसार पक्राउपर्नेमा कालिका नगरपालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दंगाल रहेका छन् । यस्तै ५५ वर्षीय रामकुमार दंगाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाईं रहेका छन् ।



उनीहरुको साथबाट ७१ हजार २ सय १० नगदसहित तास बरामद गरिएको छ । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



