काठमाडौं । डिभिजन वन कार्यालयले डढेलोबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अर्घाखाँची डिभिजन वन कार्यालयले वन डढेलो नियन्त्रण र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष वन डढेलो नियन्त्रण दस्ताको नियुक्ति गरिएको छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काको नेतृत्वमा गठन गरिएको उक्त दस्तामा १२ सदस्यीय टोली रहेको छ । टोलीलाई आवश्यक उपकरण तथा मिनी दमकलसहित तयारी अवस्थामा राखिएको छ ।

सूचना अधिकारी खड्काले उक्त १२ सदस्यीय टोलीलाई अगामी जेठ मसान्तसम्म जिल्लाभर परिचालन गर्ने गरी व्यवस्थापन मिलाइएको जानकारी दिनुभयो । डढेलोको जोखिम बढी हुने समयलाई लक्षित गरी टोलीलाई विभिन्न वन क्षेत्रमा निगरानी तथा तत्काल नियन्त्रणका लागि खटाइने छ ।

यसै अवसरमा वन डढेलोसम्बन्धी तथ्याङ्क संकलन र सूचना व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ डिजिटल प्रणाली पनि सञ्चालनमा ल्याइएको छ । जिल्लाभित्र रहेका ६ वटै सव डिभिजन वन कार्यालयले वन डढेलोसम्बन्धी घटना भएको २४ घण्टाभित्र अनलाइन प्रणालीमा प्रविष्टि गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय