भक्तपुरको चुनदेवीस्थित एक सोफा उद्योगमा भीषण आगलागी भएको छ। आइतबार राति ७ बजेतिर चुनदेवीमा रहेको एक सोफा उद्योगमा आगलागी भएको हो।‘आगलागी भएको समयमा पानी पनि परिरहेकाले आगलागी अलि कम भएको छ। आगलागी नियन्त्रण छिटै हुने प्रहरीले अनुमान गरेको छ ।
काठमाडौं र भक्तपुरका पाँच वटा दमकलले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना खटिएको छ।आगलागी कसरी भएको भन्ने खुलिसकेको छैन ।






