काठमाडौं । पछिल्लो समय सहकारीले आमसर्वसाधारण र बचतकर्ताको विश्वास गुमाउँदै गर्दा चन्द्रागिरि नगरपालिका भित्र संचालित केही सहकारी भने जनताको विश्वास जित्न अझ सफल भएका छन् ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ स्थित सिद्धिखर बहुउद्देश्यीय सहकारी त्यस्तो संस्था हो जुन बचतकर्ता र आमसर्वसाधारणको विश्वास कमाउन सफल भएको छ । सहकारीको शिक्षा उपसमितिले आयोजना गरेको अवलोकन भ्रमणका क्रममा सहकारीका अध्यक्ष श्रीराम लामिछानेले विधि र पद्दती अवलम्बन गरेका सहकारीहरु अहिलेसम्म संकटमा नरहेको दाबी गर्नुभयो । उहाँले आफूलाई ठूला भन्ने सहकारीहरुले विधि र पद्दती उछिन्दा अहिले सहकारीप्रति वितृष्णा बढ्न गएको बताउनु भयो ।



आ.व. २०७९-०८० को कार्ययोजनाअनुसार आयोजित भ्रमणमा सञ्चालक समिति, विभिन्न उपसमितिका पदाधिकारी र योगदानमा आधारित सदस्यहरुको सहभागिता रहेको थियो ।



