काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८२ पारित भएको छ । मंगलबार प्रतिनिधिसभाले बहुमतले विधेयक पारित गरेको हो ।

सांसदहरूले राखेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि अर्थमन्त्री विष्णु पौडेलले विधेयक पारितको प्रस्ताव राख्नुभएको थियो ।

सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ ११ खर्ब ८० अर्ब ९ करोड र पुँजीगततर्फ ४ खर्ब ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । कूल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब १७ अर्ब छुट्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय