काठमाडौँ — अध्यागमनको कालोसूचीमा परेका व्यापारी तथा बिचौलिया दीपक भट्ट माथि थप कारबाहीका लागि आज बिहानैदेखि अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल भएको छ। छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुर सहभागी भएका थिए। बैठक केहीबेरअघि सकिएको र लामो समयदेखि ‘सत्ता–शक्ति’को छायाँमा सुरक्षित रहँदै आएका भट्टसँग सम्बन्धित मुद्दामा अन्तिम निर्णय हुने अनुमान गरिएको छ।

भट्टमाथि आरोप छ कि उनले १२ वर्षअघि प्रहरीका लागि हतियार खरिदको ‘डिल’ मिलाउन प्रहरी मुख्यालय पुगेका थिए। सोही बेला भएका गोप्य संवाद बाहिरिए पनि तत्काल कुनै कारबाही गरिएको थिएन। जनआस्था साप्ताहिकले आजको अंकमा उनको कर्तुतबारे विस्तृत रिपोर्ट प्रकाशित गरेको छ।

हाल विभागले तत्काल देश छाडेर बाहिर जाने सम्भावना देखाउँदै हिजो नै भट्टलाई कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्राचार गरेको थियो। अब उनले सरकारी अनुमति बिना नेपाल छाड्न पाउने छैनन्।

भट्ट इन्फिनिटी होल्डिङ्सका प्रमुख हुन् र उनीमाथि जलविद्युत्, बैंक–बीमा, सार्वजनिक खरिददेखि बजेट निर्माणसम्म आफ्नो प्रभाव जमाएको गम्भीर आरोप लागेको छ। अनुसन्धान अधिकारीहरूले भट्टसँग सम्बन्धित वित्तीय र प्रशासनिक प्रभावबारे अध्ययन जारी राखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय