वीरगंज । वीरगंज कारागारको पर्खाल भत्किएपछि कैदीहरू फरार भएको खबर प्राप्त भएको छ। मंगलबार दिउँसो अचानक कारागारको पुरानो भागमा रहेको पर्खाल भत्किएपछि ठूलो संख्यामा कैदी बाहिर निस्किएका छन्। प्रहरी र सशस्त्र प्रहरी दल घटनास्थलमा खटिइसकेका छन्। कैदीहरूलाई नियन्त्रणमा लिन आसपासका क्षेत्रमा खोजतलास तीव्र पारिएको छ। स्थानीयवासीलाई घर बाहिर ननिस्कन र कुनै पनि शंकास्पद गतिविधि देखे तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।

सुरक्षा निकायले नजिकैको मुख्य सडक, बजार र आवासीय क्षेत्रमा कडा निगरानी राखेको जनाएको छ। साथै, सीमा क्षेत्र नजिकै भएकाले फरार कैदीहरू भारततर्फ भाग्ने सम्भावना देखिएको भन्दै सीमा नाकामा समेत सतर्कता बढाइएको छ। यसअघि आन्दोलन र अस्थिरताका कारण देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको अवस्थामा वीरगंज कारागारमा भएको यो घटना सुरक्षा व्यवस्थाप्रति प्रश्न खडा भएको बताइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय