काठमाडौं । प्रदेश सरकारले मधेसी प्रतिष्ठानसँगको समन्वयमा मधेस आन्दोलनका क्रममा सहिद भएका १४० जनाका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष शुभम् यादवले सहिद परिवार मध्येका अब २४ जनाको मात्र बिमा गर्न बाँकी रहेको बताउनु भएको छ । मधेस र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको आन्दोलनमा १ हजार ६ जना घाइते वा अङ्गभङ्ग भएका सबैको बिमा गर्ने प्रतिष्ठानको लक्ष्य छ ।

शहीद परिवारका पाँच जनालाई भने प्रदेश सरकारले प्रतिष्ठानमार्फत ३ हजार ५ सय रुपैयाँ बिमा शुल्क प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय