काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा शौर्य एयरलाइन्स दुर्घटनाको प्रतिवेदनमाथि छलफल भएको छ । समितिको बैठकमा विमान दुर्घटनाका लागि अध्ययन गर्न गठित आयोगका अध्यक्षले स्वर्गीय को–पाइलट सुशान्त कटुवालका बुबा ओम कटुवाललाई ह्यारेसमेण्ट गरेको भन्द चर्काचर्की परेको थियो ।

ओम कटुवालले अध्यक्ष पक्षपाती भएको भन्दै ह्यारेसमेण्ट गरेको र आफूले खाइरहेको औषधि समेत रोकेको आरोप प्रतिवेदनमा उल्लेख छ । कटुवालले अध्यक्षले आफुसँग कुराकानी गर्दा सिधै सुशान्त जर्मनमा जाँदा फेल भएको सोधिएको र प्रारम्भिक प्रतिवेदन र अहिलेको प्रतिवेदनमा फरक पाइएको उल्लेख गरिएको छ । कटुवालले सबै दोष मरेर गएको व्यक्तिमाथि थुपारिनु गलत भएको भन्दै दोष जति सबै एउटामाथि थुपारेर मरेको मान्छेको आत्मालाई नरुवाउन आग्रह गर्नुभयो । उहाँले
क्याप्टेनको कमाण्ड भएपछि कोपाइलटमाथि मात्रै किन शंका गरियो ? भन्दै प्रश्न गर्नुभयो । २०८१ को साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । जहाँ १८ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय