नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज, संविधानसभा सदस्य विदुर सापकोटाको उपचारका क्रममा निधन भएको छ ।
अचानक स्वास्थ्यमा समस्या आएपछि हेल्पिङ हायन्डस् अस्पतालमा भर्ना भई उपचाररत सापकोटालाई बिहिबार बिहान ३:५० बजे चिकित्सकहरूको टोलीले मृत्यु घोषणा गरेका थिए ।



तत्कालीन पञ्चायती शासन विरुद्धको संघर्ष, मालेकालमा भूमिगत, विद्यार्थी राजनीति मार्फत २०४६ सालको प्रथम
जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएका सापकोटा तत्कालीन नेकपा एमाले काभ्रेपलाञ्चोकको लामो समयसम्म सचिबको जिम्मेवारीमा थिए । माधवकुमार नेपालको नेतृत्वमा एमाले फूटेपछि नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज थिए । सापकोटा २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्र नम्बर ४ बाट विजयी समेत भएका थिए ।
सापकोटाको शवलाई श्रदान्जलीको लागि विहान ८:०० वजे देखि १०:०० वजे सम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगर तिनकुनेमा राखिने र त्यस पश्चात् पशुपति आर्यघाटमा दाहा सस्कार गरिने नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।



