काभ्रेपलाञ्चोक- सडक निर्माणमा निरन्तर आलटाल गर्दै आएको आरोप लगाउँदै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ का स्थानीयले शनिबार बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध गरेका छन्। विभिन्न स्थानमा झरेका पहिरो व्यवस्थापन नहुँदा दर्जन गाउँ जोखिममा परेको र अब्जौँ राजस्व संकलन हुने नाकालाई वेवास्ता गरिएको भन्दै उनीहरूले कालो ब्यानर टाँसेर विरोध प्रकट गरेका छन्।

प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार स्थानीयले सरकारले दिएको आश्वासन पालना नगरेको आक्रोश व्यक्त गरेका छन्। गत वर्षको पहिरोपछि सडक विभागले तत्काल र दीर्घकालीन समाधानका प्रतिवद्धता जनाए पनि कात्तिक मसान्तसम्म निर्माण कार्य सुरु नहुँदा स्थानीय बस्ती डुबान तथा ठूलो विपद्को जोखिम बढेको भन्दै राजमार्ग रोकेको हो। गुम्बाडाँडा, कुदुङ, ताक्पासा, तार्तुङ, क्युसालगायत बस्तीहरू पहिरोको उच्च जोखिममा रहेका कारण दिगो सडक निर्माण र सुरक्षित बस्ती संरक्षण स्थानीयको मुख्य माग रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय