काठमाडौं । चन्द्रागिरि नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले सतुंगलस्थित राधेराधे कम्प्लेक्सका आगलागी पीडितलाई २५ हजार रुपैयाँको दरले सहयोग गर्ने भएको छ ।

आज विहान लागेको उक्त कम्प्लेक्समा आगलागीबाट करिब १० करोड रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान गरिएको वडा नम्बर ११ कार वडा अध्यक्ष नरेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँले ३ करोड रुपैयाँ बराबरको कम्प्लेक्स पूर्णरुपमा क्षति भएको र पसलमा भएका नगद र सामान गरी ७ करोड बराबरको क्षति पुगेको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट लगभग १० करोडको धनमाल जलेर नष्ट भएपनि एकीन विवरण भने आउन बाँकी रहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय