काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ स्थित सतुंगल चोकमा रहेको राधेराधे कम्प्लेक्समा लागेको भीषण आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको छ । कम्प्लेक्स भित्र रहेको कपडा सिलाउने पसलमा आइरन निभाउन विर्सिदा इलेक्ट्रिक सर्ट भई विहान आगो लागेको थियो ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी, चन्द्रागिरिका नगरप्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगो लागेको थाहा पाउना साथ चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठ र वडा अध्यक्ष नरेन्द्र महर्जन घटनास्थलमा पुग्नुभएको थियो ।




मुख्य सडकसँगै आगो लागेकोले यातायात अवरुद्ध हुन पुगेको थियो । आगो निभाउन चन्द्रागिरि नगरपालिका, काठमाडौं महानगर पालिका नेपाल आयल निगम र नेपाल आर्मीको वारुण यन्त्र प्रयोग गरिएको थियो । आगो पूर्णरुपमा नियन्त्रणमा आएपनि चन्द्रागिरि नगरपालिकाको बारुण यन्त्र भने केही घण्टा घटनास्थलमै राखिएको छ । आगो नियन्त्रणमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्तिलाई उपप्रमुख बसन्ती श्रेष्ठ र वडा अध्यक्ष नरेन्द्र महर्जनले धन्यवाद दिनुभएको थियो ।
घटनामा के कति क्षति भयो र घटनाको कसरी भयो भन्नेबारेमा प्रारम्भिक अनुसन्धान थालिएको छ ।



