काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ ।
मंगलबार राति ८ बजेर ४० मिनेटमा पाँच–छ जनाको समूहमा आएका लुटेरा समुहले आई बैंकको गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । लुटपाटको क्रममा गार्ड कार्कीलाई खुकुरी प्रहार गरेको र उहाँ सामान्य घाइते भएका समेत उल्लेख गरिएको छ ।



घटना घटाई फरार अपराधीहरूलाई प्रहरी टोलीले खोतलास गर्ने क्रममा १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ फेला पारेको छ ।
लुटेराहरूले बनेपाबाट रिजर्भ गरी प्रयोग गरेको BAD ०३९८ नम्बरको टाटा सुमो जीप तथा चालक भवत सिंह थापालाई नियन्त्रणमा लिएको छ ।



