नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेशमा हुने सम्मेलनले पार्टीलाई बलियो बनाउने विश्वास ब्यक्त गरेकाछन् । उनले सम्मेलन पश्चात पार्टी बलियो र सुदृढ हुने भन्दै सम्मेलनमा पार्टीभित्र भएका विचारलाई मन्थन गर्नु पर्ने धारणा राखेका थिए । उनले भने–‘‘सम्मेलनले अब पार्टीलाई बलियो बनाउँछ ।’’

बुटवलमा सुरु भएको काँग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समरोहलाई सम्बोधन गर्दै सभापति देउवाले बुद्धजन्मथलो रुपन्देहीमा भएको सम्मेलनबाट पार्टी बलियो हुने विश्वास व्यक्त गरेकाहुन । उद्घाटन समारोहअघि नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेको विषयमा इंगित गर्दै देउवाले आफू भाषण गर्न नजान्ने भन्दै काम गरेर देखाउने विचार राखे ।

उनलेभने–‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ ।’ उनले गौतमबुद्ध जन्मेको भूमिबाट काँग्रेस बलियो बनाउने विश्वास लिएको बताउँदै आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पारे । उनअगाडि थप्पे–‘चन्द्र भण्डारीको भाषण सुनियो। उहाँसँगै काम गर्नेछौँ’ ।’ निकै संक्षिप्त सम्बोधन गरेका सभापति देउवाले केन्द्रीय नेता र प्रदेश अध्यक्षहरूले उठाएको सबालको जबाफ नदिइकनै आफ्ना भनाई टुङ्गाए ।

प्रदेश सम्मेलनमा प्रदेशका कार्यसमिति सहित, जिल्ला सभापति, प्रदेश प्रतिनिधि सदस्य, सल्लाहकार, भातृ तथा सुभेक्षुक संस्थाका प्रतिनिधि गरि करिव ७ सय जतिको सहभागीता रहेको छ । आइतबार सकिने सम्मेलनमा राजनीतिक प्रतिवेदन, सांगठानीक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने छन । ती प्रतिवेदन माथि प्रतितिधीहरुको छलफल पछिपार्र्टी आगामी कार्यदिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय