सरकारले स्वर्गीय पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। गत चैत १५ गते तीनकुनेमा भएको घट्नामा समाचार सङ्कलनको क्रममा ज्यान गुमाएका रजकप्रति सरकारले औपचारिक सम्मानस्वरूप सहिद घोषणा गर्ने निर्णय आजको मन्त्रिपरिषद् बैठकबाट भएको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बैठकपछि जानकारी दिँदै पत्रकार रजकको योगदान, प्रतिबद्धता र घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै सहिद घोषणा गर्ने निर्णय गरिएको बताए।
सरकारी निर्णयसँगै रजकका परिवारले सहिदका हकअधिकारअनुसारका सुविधा पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय