काठमाडौं । चार निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना प्रकासित गर्दै एसडी कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौं, मनकामना सप्लायर्स भोजपुर र आरएसए कन्स्ट्रक्सन काठमाडौंलाई कालो सूचीमा राखेको हो ।
जिल्ला समन्वय समिति बाराको सिफारिसमा एसडी कन्स्ट्रक्सनलाई एक वर्ष कालोसूचीमा राखिएको छ ।



यसैगरी अरनिको निर्माण सेवालाई तीन वर्ष, आरएसए कन्स्ट्रक्सनलाई डेढ वर्ष र मनकामना सप्लायर्सलाई एक वर्ष कालोसूचीमा राखिएको छ ।
निर्माणकार्यको जिम्मा लिने तर काम सन्तोषजनक नगर्ने कम्पनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने गर्दछ ।




