काठमाडौं । जेनजीले सोमबार गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि आज पनि प्रदर्शन सुरु भएको छ । सरकारको चर्को दमनको विरोधमा काठमाडौं प्रवेशको मुख्यद्वारा नागढुंगामा पनि स्थानीयलगायतले टायर बालेर प्रदर्शन गरेका छन् ।




यसैगरी, कलंकीमा पनि टायर बालेर प्रदर्शन भइरहेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भए पनि त्यसको परवाह नगरी जेनजीहरु सडकमा निस्कन थालेका हुन् ।



