काठमाडौं । चुच्चेपाटीस्थित एभरट्रष्ट बचत तथा ऋण सहकारीको रकम हिनामिना गर्ने सहकारीका उपाध्यक्ष सहित ५ जना पदाधिकारीलाई पक्राउ गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको टोलीले सहकारीका उपाध्यक्ष बबिता डंगोल, सचिव कान्छाभाई डंगोल, कोषाध्यक्ष विष्णुप्रसाद फुँयाल, सदस्यद्वय रामलाल महर्जन र अमरभाई बज्राचार्यलाई पक्राउ गरिएको हो ।

उनीहरूमाथि सहकारी नै बन्द गरेर बचतकर्ताको १५ करोड ९१ लाख ४ हजार ७ सय ३६ रुपैयाँ रकम अपचलन गरेको आरोप रहेको छ ।

मासिक, त्रैमासिक र वार्षिक रूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि बचतको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने भनि बचत गरेको रकम साँवाब्याज पनि फिर्ता नदिएको पाइएको छ । बचतकर्ताले रकम फिर्ता लिन दबाब दिएपछि उनीहरुले कार्यालय नै बन्द गरेका थिए ।

पक्राउ परेका पाँचैजनामाथि ठगी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ८ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय