सहिद दिवसको अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, विष्णु पौडेलसहितका मन्त्रीहरुले शहिदगेट पुगेर शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।



सहिद दिवसको महत्त्वपूर्ण अवसरमा प्रजातन्त्र स्थापना र पुनः स्थापना लगायत विभिन्न कालखण्डमा आफ्नो जीवन आहुति दिने महान् शहिदहरूको सम्झनामा सरकारले माघ १६ गते यो दिवस मनाउने परंपरा राखेको छ। प्रधानमन्त्री र मन्त्रीहरुले शहिदहरूको बलिदानको कदर गर्दै, तिनीहरूको योगदानलाई सधैं सम्झिने र सम्मान गर्ने प्रतिबद्धता जनाएका छन्।



