काठमाडौं । काठमाडौंको साँखुस्थित अनाथआश्रममा ट्रिपर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । काठमाडौंको शंकरापुर नगरपालिका ६ सलम्बुटारमा रहेको द्वन्द्वपीडित तथा अपाङ्ग समाज नेपाल (सिभिडिएस)ले सञ्चालन गर्दै आएको आश्रममा ट्रिपर दुर्घटना भएको हो ।
बिहान सवा ३ बजे बा २ क ६५८० नम्बरको ट्रिपर अनियन्त्रि भएर आश्रममा छिरेको थियो । आश्रमको टहरामा १० जना सुतेका थिए । ती मध्ये ३ जनालाई ट्रिपरले थिच्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको छ । आश्रयस्थलका अध्यक्ष युवराज थापाले आश्रय स्थलमा मष्तिष्क घात भएर अलपत्र परेकालाई उद्धार गरी राख्ने गरिएको बताउनु भएको छ । दुर्घटनामा अन्दाजी १८–१९ वर्षका आकाश र सुमन तथा अन्दाजी ४० वर्ष जतिका मधेशी मुलका हरिजनको मृत्यु भएको छ । आश्रमस्थलमा ६२ जना रहेको र दुर्घटनामा अन्य ७ जना सकुशल रहेका छन् ।



चालकले आफू निदाएकाले दुर्घटना भएको बताएका छन् भने प्रहरीले चालकलाई नियन्त्रणमा लिइृ थप अनुसन्धान अघि बढाएको छ ।



