काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पुलबजार क्षेत्रमा सडक स्तरोन्नति सुरु भएको छ ।

सूर्यविनायक–धुलिखेल सडकअन्तर्गत साँगा–धुलिखेल खण्ड विस्तारका क्रममा पुलबजार क्षेत्रमा मध्यविन्दुलाई लिएर सडक किनारका जग्गाधनीले काम हुन नदिएपछि डेढ वर्षदेखि स्तरोन्नति रोकिएको थियो ।

साँगा–धुलिखेल खण्डमा ६० र सूर्यविनायक–साँगा खण्डमा ४५ प्रतिशत काम पूरा भएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाले जानकारी दिएको छ । यो खण्डमा केही स्थानका ६ वटा घर भत्काउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय