काठमाडौं । आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिने जनप्रतिनिधिहरुको संख्या दिनदिनै बढ्दो छ ।

हिजो काठमाडौं महानगपालिकाका मेयर बालेन शाह र धरानका मेयर हर्क साङपाङले राजीनामा दिए । उनीहरु दुबै जना यसअिघ भएको पालिका निर्वाचनमा स्वतन्त्रबाट जितेका मेयर समेत हुन् ।
यसैगरी, चितवनको भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल भोलि राजीनाममा दिएर मनोनयन दर्ता गराउने तयारीमा छन् ।
पालिकाका जनप्रतिनिधमात्र नभइ प्रदेश सांसद र संघीय सरकारका मन्त्रीहरु समेत धमाधम राजीनामा दिँदै चुनावी प्रतिष्पर्धामा उत्रने तयारी गरिरहेका छन् । यसैक्रममा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंह र निवर्तमान सभामुख रामचन्द्र मण्डलले सांसद पदबाट राजीनामा दिइसकेका छन् ।

यसैगरी संघीय मन्त्रीबाट कुलमान घिसिङ र बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिइसकेका छन् ।
गएरातिबाट लागू भएको निर्वाचन आचारसंहितामा पालिकामा निर्वाचित व्यक्ति संघीय संसदको उम्मेदवार बने स्वतः पदमुक्त हुने व्यवस्था छ । तर अदालतले जनप्रतिनिधिले राजीनामा दिनुपर्ने नजिर रहेका कारण स्वतः पदमुक्तभन्दा राजीनामा दिनु उचित हुने आयोगको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय