काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले भन्सार छलेर ल्याइएका कृषि औजार (धान काट्ने) मेसिनसहित तीन वटा कन्टेनर नियन्त्रणमा लिएको छ । बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गमा भारतबाट काँकरभिट्टा हुँदै नेपालतर्फ भित्रिएका एनएल ०१ एएच ५६७०, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीनवटा भारतीय कन्टेनरलाई प्रहरीले गएराति नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सामग्रीको मूल्य साढे तीन करोड रुपैयाँभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालले झापाले जनाएको छ । नियन्त्रणमा लिइएका कृषि औजार र कन्टेनरलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय