काठमाडौं । पूर्व युवा तथा खेलकुद मन्त्री एवम् नेपाली कांग्रेस क्षेत्र नं. १० का सांसद राजन कुमार केसीले सार्वजनिक सम्पत्ति संरक्षणको दायित्व स्थानीय निकायको भएको बताउनु भएको छ । नेपाली कांग्रेस चन्द्रागिरि नगर समिति तथा नेपाल महिला संघ चन्द्रागिरि नगर समितिको संयुक्त आयोजनामा भएको तीज विशेष तथा शुभकामना कार्यक्रममा OUR NEWS CREW सँगको कुराकानीमा सांसद केसीले संघीय सरकारले विनियोजन गरेको रकमबाट बनेका भौतिक संरचनाको संरक्षण र प्रवद्र्धनको जिम्मा स्थानीय निकायको नै बताउनु भएको हो ।

उहाँले विनियोजित रकमको सदुपयोग भएको छ वा छैन त्यसको जिम्मा स्थानीय निकायले नै लिनुपर्ने पनि बताउनु भयो । चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा सञ्चालनमा रहेको गणेशमान फुटसलमा भएको अनियमितताबारे OUR NEWS CREW ले सोधेको प्रश्नको जवाफमा उहाँले नगरपालिका, वडा र वडाअध्यक्ष नै त्यसको जिम्मेवार हुनेपनि स्पष्ट पार्नुभयो ।

OUR NEWS CREW ले गणेशमान स्मृति फुटसलको अनियमितताबारे चन्द्रागिरिमा लौह पुरुष गणेशमान सिंहको नाममा लुट, नगद खल्तीमा, ट्रान्सफर निजी खातामा शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । तर, चन्द्रागिरि नगरपालिका भित्रका अधिकांश सार्वजनिक स्थानमा बनेका संरचनाप्रति जनप्रतिनिधिले खासै चासो देखाएको भने पाईदैन । यसको ज्वलन्त उदाहरण गणेशमान सिंह स्मृति फुटसल एक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय