काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा सिंगापुर जाने तयारीमा छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमा भएको आक्रमणमा देउवा दम्पती घाइते भएका थिए । सो घटनामा सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो भने निवासमा आगजनी समेत भएको थियो ।

त्यस दिन नेपाली सेनाले उद्धार गरेर देउवा दम्पतीको प्रारम्भिक उपचार गरिएको थियो । देउवा दम्पत्ती थप उपचारका लागि सिंगापुर जाने तयारीमा रहेका हुन् । देउवा निकट नेताहरूका अनुसार उनी आजै वा एक–दुई दिनभित्रै सिंगापुर जाने सम्भावना छ । यद्यपि, देउवाको सचिवालयले भने यस विषयमा औपचारिक जानकारी दिएको छैन ।

असोज २८ गते सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय समिति बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहादुरका खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए । उपचार र आरामका लागि विश्राम लिनु परेको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय