काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरुद्ध सञ्चालन गरिएको अपरेशन ‘फोक्सट्रोट चार्ली’ मार्फत् थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङबाट मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकार रहेका छन् । सिआइबीको टोलीले चौधरीलाई मोरङबाट र शिल्पकारलाई काठमाडौंको कुलेश्वरबाट पक्राउ गरेको सिआइबीले जानकारी दिएको छ ।

यसअघि हिजो नक्कली शैक्षिक प्रमाणपत्रविरुद्धको अपरेसनमा पाँच जना चिकित्सकलाई पक्राउ गरिएको थियो । हिजो पक्राउ पर्नेमा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्मा, महोत्तरीको पिपरा–८ का रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, डा.रामबाबु यादव र डा.एरिना शाह रहेका छन् । सिबीआइले काठमाडौं उपत्यका र उपत्यका बाहिर पनि अपरेसन सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय