सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसको ठक्करबाट कार सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार सोमबार बिहान करिब ११:४५ बजे काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले सोही दिशातर्फ रोकिराखेको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिएको थियो।

ठक्करपछि सडकबाट करिब ५० फिट तल खसेको कारसहित चालक र दुई जना यात्रु नदीमा बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा कार चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का करिब ३९ वर्षीय दिलकुमार लामा, स्काईभेटर चालक सिन्धुली गोलन्जोर गाउँपालिका–१ का गणेश थापा र एक जना हेल्पर रहेका छन्। घटनापछि बस र चालकलाई नियन्त्रणमा लिएर प्रहरी चौकी खाङसाङमा राखिएको छ। बेपत्ता कार तथा व्यक्तिको खोजी र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय