काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसेका सुकुमबासी तथा भूमिहीनलाई पाँच दिनभित्र खाली गर्न सूचना टाँस गरेको छ ।

समितिले मनसुन सुरु भइसकेकाले र होल्डिङ सेन्टर खोला किनारमा रहेकाले बाढी तथा डुबानको जोखिमबाट बचाउन वर्षायाम अगावै सुरक्षित स्थानमा पठाउन ५ दिने अल्टिमेटम दिएको हो । सरकारले विस्थापित परिवारलाई कोठा खोज्न २५ हजार रुपैयाँ पुनस्र्थापना खर्च र मासिक १५ हजार रुपैयाँ भाडा सहयोग दिने प्याकेज अघि सारेको छ । आगामी शुक्रबारसम्ममा स्व–व्यवस्थापन गरी होल्डिङ सेन्टर खाली गर्न भन्दै समितिले ताकेता गरेको हो ।

समितिका अनुसार हाल उपत्यकाका कुल ६ वटा होल्डिङ सेन्टरहरूमा ३८८ परिवार आश्रित छन् । अहिलेसम्म कसैले पनि राहत रकम बुझिसकेका छैनन् । राहत वितरण प्रक्रियालाई तीव्र बनाउन समितिले ३ देखि ४ वटा विशेष टोली खटाएको छ । राहत प्राप्त गर्नका लागि पीडित परिवारले आफ्नो खाता नम्बरसहितको निवेदन बुझाउनुपर्नेछ ।

निवेदन संकलन र खाता नम्बर प्राप्त हुनासाथ बैंकमार्फत सोझै रकम उपलब्ध गराइने समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय