सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। प्रदेशसभामा बुधबार भएको मतदानमा भट्टको पक्षमा ३१ सांसदले मतदान गरेका हुन्। नेकपा र नेकपा एमालेको समर्थनमा गत साउन २९ गते मुख्यमन्त्री नियुक्त भएका भट्टले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएका हुन्।
हाल सुदूरपश्चिम प्रदेशसभामा नेकपाका २२, नेपाली कांग्रेसका १८, एमालेका ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद छन्।विश्वासको मत पाएसँगै मुख्यमन्त्री भट्टलाई अब मन्त्रिपरिषद् विस्तार गरी सरकारलाई पूर्णता दिने बाटो खुलेको छ। भट्ट नेतृत्वको सरकारले प्रदेशको विकास, सुशासन, रोजगारी र सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने बताउँदै आएको छ।



यसअघि एमालेले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि नयाँ सत्ता समीकरणअनुसार नेकपाको नेतृत्वमा भट्ट मुख्यमन्त्री बनेका हुन्।



