सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ करमबोटस्थित सुनकोशी नदी किनारमा एक अज्ञात महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मिति २०८२ साल असोज २० गते दिउँसो करिब २ बजेर ३० मिनेट जाँदा स्थानीयवासीले नदी किनारमा करिब ४० देखि ४५ वर्ष उमेरकी महिला घोप्टो अवस्थामा पानीमा तैरिरहेको देखेपछि वडाध्यक्ष कृष्णप्रसाद पोखरेलले प्रहरीलाई जानकारी दिएका थिए।

सूचना प्राप्त भएपछि प्रहरी चौकी ग्वालटारबाट प्रहरी टोली र इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक बसन्त बहादुर भुजेलको कमाण्डमा ५ जनाको टोली, साथै शसस्त्र प्रहरी विपद् बेस खुर्कोटका शसस्त्र प्रहरी निरीक्षक किरण नेपालको कमाण्डमा ११ जनाको संयुक्त टोली घटनास्थल पुगेर शवलाई नदीबाट बाहिर निकालेका छन्।

शव अत्यधिक सडिएको अवस्थामा फेला परेकाले तत्कालै मृतकको पहिचान र सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। हाल शवको पहिचान, सनाखत र घटनाको कारणबारे आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय