सुनसरीको रामधुनीस्थित पिङ्क लोटस इंग्लिस स्कूलका विद्यार्थी बोकेको को १ ख ५३१३ नं‌म्बरको बस धनकुटाको रमाइलो घुम्तीमा आज बिहान दुर्घटनामा परेको छ। शैक्षिक भ्रमणका लागि धनकुटा पुगेका विद्यार्थी सवार बस अचानक अनियन्त्रित भई सडकबाट छुट्टिएर दुर्घटनामा पर्दा ३६ जना घाइते भएका छन्।घाइतेहरूको अवस्थाबारे प्रारम्भिक जानकारी अनुसार केहीको अवस्था सामान्य रहेको भए पनि केही विद्यार्थी र अभिभावकको अवस्था मध्यम गम्भीर रहेको बताइएको छ। सबै घाइतेलाई तत्काल उद्धार गरी धनकुटा जिल्ला अस्पतालमा उपचारका लागि पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

घटनास्थलमा प्रहरी, स्थानीयवासी तथा उद्धार टोलीले तुरुन्तै सहयोग गरेपछि ठूलो मानवीय क्षति हुनबाट बचेको प्रारम्भिक अनुमान गरिएको छ। बस किन र कसरी अनियन्त्रित भयो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विद्यालय प्रशासनले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारमा आवश्यक समन्वय भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय