काठमाडौं । नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसीएल चन्द्रागिरि नगर कमिटीको तेस्रो नगर सम्मेलनबाट अध्यक्षमा सुरेश सुर्खेती चुनिएका छन् ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा आयोजित सम्मेलनबाट सुरेश सुर्खेतीको नेतृत्वमा ३९ सदस्यीय वाइसीएल नगर कमिटी सर्वसम्मत भएको हो । उपाध्यक्षमा विमला विसन्खे र गम्भीर महर्जन, सचिवमा उत्सव भट्ट, सहसचिव विकास अच्छामी, सहसचिव साकार जिसी, कोषाध्यक्षमा सुनेश महर्जन रहेका छन् ।



कार्यक्रममा केन्द्रीय सदस्य लिला शर्मा, प्रदेश कमिटीका सदस्य गणेश कुँवर, जिल्ला समन्वय समितिका सल्लाहकार सानुकाजी खड्गी, नेवाःमुक्ति मोर्चाका केन्द्रीय सचिव देवकृष्ण महर्जन, नगर ईन्चार्ज मधुसुदन शर्मा, नगर कमिटी अध्यक्ष गोपी सुर्खेतीलगायतको उपस्थिति रहेको थियो ।



