काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाका ५२ वटा संस्थागत विद्यालयका विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुको लागि एक दिने आत्मरक्षा, प्रजनन् स्वास्थ्य, यौनजन्य हिंसा तथा विभेदजन्यकुरुती सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाका उपमेयर सरिता तिमिल्सिना भट्टराईको उपस्थितिमा न्यातापोल ब्यांङक्वेट, घलाटेमा आयोजित एक दिने आत्मरक्षा, प्रजनन् स्वास्थ्य, यौनजन्य हिंसा तथा विभेदजन्यकुरुती सम्वन्धी अभिमुखिकरण कार्यक्रमको प्रशिक्षण सामाजिक अभियन्ता तथा आत्मरक्षा प्रशिक्षक पद्मा खयरगोली तथा प्रशिक्षक रविन्द्र श्रेष्ठबाट ३२० जना विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुलाई प्रशिक्षण दिइएको थियो ।

सूर्यविनायक नगरपालिका अन्तर्गत लैंगिक तथा समावेशीकरण शाखाको तत्वावधानमा वडा नंं १ देखि १० वटै वडामा रहेका संस्थागत विद्यालयका ५ जना किशोरी सहित शिक्षकशिक्षिकाहरुको सहभागिता रहेको थियो । गत वर्ष २०८२ मा ५ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालयमा नै आत्मरक्षा तालिम दिएकोमा, यो वर्ष संस्थागत विद्यालयलाई मात्र दिइएको हो ।

अबका दिनमा किशोरी मात्र होइन किशोरलाई पनि जनचेतनामुलक आत्मरक्षा, प्रजनन स्वास्थ्य, यौनजन्य हिंसा तथा विभेदजन्य कुरुती सम्वन्धी अभिमुखिकरण कार्यक्रममा सहभागी गराउने नगरपालिकाको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय