उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकमा दिनप्रतिदिन विद्युत आपूर्तिको माग बढिरहेको बताउनु भएको छ। काठमाडौंमा आज आयोजित नेपाल सौर्य विद्युत उत्पादक संघको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले विद्युतको माग लगातार बढ्दो क्रममा रहेको र सो अनुरूप आपूर्ति र व्यवस्थापन गर्न चुनौती थपिएको बताउनुभएको हो । उहाँका अनुसार व्यवस्थापनका लागि आवश्यक गृहकार्यमा पर्याप्त गति नआएकोले तीव्रता दिन जरुरी देखिएको छ। सरकारले आगामी १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको बताउँदै मन्त्री खड्काले सो लक्ष्य हासिल गर्न निजी क्षेत्र, सौर्य उत्पादक संघ, र नागरिकको सहकार्य अपरिहार्य भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलार र ब्याट्री प्रविधिले आवश्यक मात्रामा विद्युत आपूर्ति गर्न सक्ने अवस्था आए जलविद्युत निर्माणमा धेरै लगानी गर्नुपर्ने बाध्यता हट्ने दावी गर्नुभयो । दिन र रातको विद्युत माग सोलार र ब्याट्रीमार्फत पूरा गर्न सकिने सम्भावना बढ्दै गएको उल्लेख गर्नुभयो । प्राधिकरणका अनुसार सिंचाइ हुने क्षेत्रहरूमा चोरीको समस्या देखिएको उल्लेख गर्दै उहाँले त्यस्ता क्षेत्रमा सोलार र पम्प प्रणालीसँगै मिटर जडान गर्नुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय