सोलुखुम्बु जिल्लाको जिल्ला अस्पताल फाप्लुमा बिशेषज्ञ चिकित्सक नहुदाँ शल्यक्रिया सेवा प्रभावित भएको छ । तिन जना चिकित्सकको दरबन्धि रहेको जिल्ला अस्पताल फाप्लुमा दरबन्धि अनुसारको तिनै जना चिकित्सक भए पनि शल्यक्रिया बिशेषज्ञ चिकित्सक नहुदाँ सेवा प्रभावित भएको हो ।
असार महिनासम्म करार सेवा अबधि रहेको बिशेषज्ञ चिकित्सक करार अबधि सकियर अन्यन्त्र जादाँ श्रावण एक गते देखि जिल्ला अस्पताल फाप्लुमा शल्यक्रिया सेवा प्रभावित भएको जिल्ला अस्पताल फाप्लुका निमित्त कार्यालय प्रमुख सानी शेपाले जानकारी दिनु भयो । निमित्त कार्यालय प्रमुख शेर्पाका अनुसार अस्पतालले दिनु पर्ने अन्य सेवा सुविधा प्रभावित भएको छैन, नियमित सन्चालन भई रहेको छ । शल्यक्रिया गर्नु पर्ने सेवामा मात्र समस्या भएको हो प्रसुति सेवामा पनि सल्यक्रिया गर्नु पर्ने सेवाग्राहि बिरामीको हकमा मात्र समस्या भएको बताउनु भयो ।



जिल्ला अस्पताल फाप्लुमा विशेषज्ञ चिकित्सक नहुदाँ २८ दिनमा शल्यक्रिया सेवा लिन आएको जटिल प्रकारको २० जना सेवाग्राहिलाई अन्य अस्पतालमा रेफर गरेको प्रमुख शेर्पाले बताउनु भयो । बिशेषज्ञ चिकित्सकको चाडो भन्दा चाडो ब्यबस्था गरीदिन आग्रह गर्दे स्वास्थ्य मन्त्रालय र कोशिप्रदेश स्वास्थ्य निर्देशनालय विराटनगरमा पत्रचार गरेको र चाडै बिशेषज्ञ सेवा संचालनमा आउने प्रमुख शेर्पाले बताउनु भयो ।
यसरी जिल्ला अस्पताल फाप्लुमा एक महिना देखि बिशेषज्ञ चिकित्सक नहुदाँ बिरामीलाइ अन्य ठाउ रेफर हुनु पर्दा बिरामीलाइ पिडामाथि पिडा थपिने र बिरामीको आफन्त समेतलाई आर्थिक भार र पिडा हुने गरेको बिरामीको आफन्तले पिडा पोखेका छन ।
यता सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले पनि जिल्ला अस्पताल फाप्लुको लागि चाडो भन्दा चाडो विशेषज्ञ चिकित्सको ब्यबस्था गरी दिन स्वास्थ्य मन्त्रि र स्वास्थ्य सचिबलाई भेटेरै अनुरोध गरेको र एक दूई दिन मै बिशेषज्ञ चिकित्सको ब्यबस्था हुने बताउनु भयो ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



