वालिङ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै आज राति स्याङ्जामा सवारीसाधन सञ्चालन नगर्न आग्रह गरिएको छ ।मौसम पूर्वानुमान महाशाखाले स्याङ्जासहित छिमेकी जिल्लाहरूमा भारी वर्षा हुने प्रक्षेपण गरेपछि सम्भावित जोखिम ध्यानमा राख्दै रातको समयमा सवारीसाधन सञ्चालन नगर्न÷नगराउन अनुरोध गरिएको हो ।

स्याङ्जामा आज बिहानदेखि अविरल वर्षा भइरहेको र भोलिसम्म वर्षा हुने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै जनधनको क्षति हुन नदिन जिल्ला सुरक्षा समितिले सवारीसाधन नचलाउन आग्रह गरेको छ ।

सम्भावित वर्षाका कारणले भूक्ष्य, बाढी, पहिरोको जोखिम रहेकाले कालीगण्डकी नदी किनार, आँधीखोलालगायतका स्थानीय खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन पनि सबैलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय