काठमाडौं – स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौंले प्रहरी जिम्मा लगाउने आदेश गरेको छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालतमा पेस गर्नुपर्ने गरी उनलाई प्रहरीको निगरानीमा राख्न आदेश दिएको हो।

आइतबार बिहानै अदालतमा उपस्थित भएका लामिछानेको बयान दिनभर चलेको थियो। बयानपछि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बचाउ पक्षको बहसका लागि तयारी गरेका थिए। तर, सरकारी पक्षले बयान अध्ययन गर्न समय आवश्यक रहेको भन्दै बहस गर्न असमर्थता जनाएपछि इजलासले सोमबार बहस अघि बढाउने निर्णय गरेको हो।

लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका थिए। तर, काठमाडौं अदालतको आदेशपछि अब उनी न्यायिक हिरासतमा रहने भएका छन्।

यो घटनाले सहकारी क्षेत्रको अनियमितता र राजनीतिक नेतृत्वको संलग्नतालाई लिएर थप चासो र बहसको विषय बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय